सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ ।
आज राति ११ बजे दुबई ट्रान्जिट बनाएर निगमको जहाज इजरायल पठाइने परराष्ट्रमन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए ।
इजरायलमा हमासको आक्रमणको क्रममा त्यहाँ रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । जोखिममा रहेका नेपालीले पनि सरकारबाट उद्धारको लागि याचना गरिरहेका छन् ।अहिले यस विषयमा मन्त्री किराती, नागरिक उड्यन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष र नेपाल एयरलाइन्सका प्रमुखसँग छलफल भइरहेको छ, लगत्तै विमान पठाइनेछ। ‘प्रधानमन्त्रीको निर्देशन पश्चात आजै जहाज उड्ने तयारीमा छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले नेपालखबरसँग भने। जहाज आज राती ११ बजे उड्ने तयारी छ।
सामान्य अवस्था नभएकोले चार्टर विमान उडान र अवतरणको अनुमति लिनुपर्ने हुन्छ। सरकारले त्यसका लागि इजरायलबाट स्वीकृति लिइसकेको छ।
Discussion about this post