Khabar Samachar

सिंहदरबार अगाडिबाट कृष्ण पहाडीसहित १६ जना मानवअधिकारकर्मी पक्राउ

201
VIEWS

मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित १६ जना अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार मानवअधिकार तथा शान्ति समाजले सिंहदरबार दक्षिणी गेटअगाडि गरेको विरोध प्रदर्शनबाट समाजका संस्थापक सभापति पहाडी र सभापति रामकृष्ण बरालसहित १६ जना पक्राउ परेका हुन्।विभिन्न अपराधमा जेल सजाय काटिरहेका व्यक्तिहरूलाई राष्ट्रपतिले दिएको आममाफी विरुद्ध शान्ति समाजले विरोध प्रदर्शन गरेको थियो।
सोही विषयलाई लिएर यसअघि असोज २२ गते समाजले राष्ट्रपति कार्यालय अगाडि पनि विरोध प्रदर्शन गरेको थियो। त्यसक्रममा पनि प्रहरीले पहाडीसहित ११ जनालाई नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका १४ पुरुष र दुई जना महिला गरी १६ जनालाई नगर प्रहरी कार्यालय भृकुटिमण्डपमा राखिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित