Khabar Samachar

केन्द्रीय निर्णयको विरोधमा भरतपुर र वीरगञ्जका काँग्रेस

204
VIEWS

पाँच दलीय गठबन्धनको निर्णय अनुसार भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रलाई र वीरगञ्ज महानगरपालिका जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)लाई दिने सार्वजनिक भएलगत्तै स्थानीय नेताले अस्वीकार गरेको सार्वजनिक गरिरहेको सन्दर्भमा नेपाल काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ ।

अपरान्ह २ बजे सानेपास्थित केन्द्रीय कार्यालय बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ६ वटा नगरपालिका र ११ वटा नगरपालिकाको मेयर र उपमेयरसहित पाँच दलीय भागबण्डामा कुन–कुन आधारमा गर्ने र काँग्रेसलाई कुन–कुन भागमा पर्ने हो ? सो बिषय टुंग्याउन कोशिश गर्नेछ ।

‘कार्यसम्पादन समितिको आजको बैठक मुख्यतः महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरका बारेमा एउटा टुंगोमा पुग्नेछ,’ काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘पाँच दलीय भागवन्डालाई कसरी ब्यवस्थापन गर्ने ? भन्नेमा पनि बैठकले आवश्यक निर्णय लिनेछ ।’

सत्तारुढ पाँच दलीय गठबन्धन वडा सदस्य तहसम्म नै भागवण्डा गरेर जाने सहमति गरे पनि अझै पनि टुंगोमा पुग्न भने सकेको छैन । जसका कारण प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले धमाधम उम्मेदवार चयन गरी घोषणा गरिसक्दा पनि पाँच दलीय गठबन्धनले उम्मेदवार तय गर्न अझै सकेका छैनन ।  आगामी ५ बैशाख भित्र स्थानिय तहको भागवण्डा गरिसक्ने निर्णय भएका कारण पनि कांग्रेसलाई आवश्यक निर्णय लिन दबाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित