Skip to main content

Khabar Samachar

Search
Close this search box.

प्रेम सम्बन्धका कारण प्रिन्सिपल स्वर्णकारको हत्या भएको खुलासा

222
VIEWS

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलको बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको हत्याको कारण प्रेम सम्बन्ध भएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय बाराले रूपेशका पूर्वप्रेमिकासहित ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरूको पहिचान भने प्रहरीले खुलाएको छैन।

उनीहरूमाथि सोधपुछ गर्दा हत्याको कारण प्रेम सम्बन्ध रहेको खुलेको प्रहरीले बताएको छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले दिएको जानकारीअनुसार पक्राउ परेकी महिला राधा गुप्ता हुन्। उनी मदरसा टोलमै बसोबास गर्छिन्।

पक्राउ परेका अर्का व्यक्ति भारतीय नागरिक मनोज गुप्ता छन्।राधा उक्त स्कुलकी पूर्वलेखापाल हुन्। उनी र स्वर्णकारबीच प्रेम सम्बन्ध रहेको खुलेको छ। प्रिन्सिपल स्वर्णकार विवाहित हुन्। उनका दुई छोरा छन्।

केही समयअघि स्‍वर्णकार र राधाबीचको प्रेम सम्बन्ध बाहिरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित