Khabar Samachar

Search
Close this search box.

व्यवस्था परिवर्तन नहुञ्जेल आन्दोलन जारी राख्ने दुर्गा प्रसाईंको घोषणा

204
VIEWS

व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलन अनिश्चितकालसम्म जारी रहने भएको छ । भोलिबाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने र आन्दोलनलाई ७७ वटै जिल्लामा विस्तार गर्ने प्रसाईंले घोषणा गरे ।आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले अब ‘श्रीलंका स्टाइलले’ अघि बढ्नेसमेत चेतावनी दिए ।उनले भने, ‘अब यो प्रदर्शन व्यवस्था परिवर्तन नहुञ्जेल निरन्तर चल्छ । बिहान ११ बजे खाना खाने र तीनकुने जाने । हामी सिंहदरबारमा पनि जान्छौं, निषेधाज्ञाले केही हुनेवाला छैन । मासले जता भन्छ, जुलुस त्यतै जान्छ ।’

प्रसाईंले भोलिबाट जनसहभागिता दोब्बर हुने दाबी गरे । अब आफू नै देशको प्रतिपक्ष भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित