Skip to main content

Khabar Samachar

Search
Close this search box.

भारतमा नेपालीहरुको संगठन राम्रो नभएको भए जनयुद्ध १० वर्षसम्म जान सक्दैन थियो : प्रधानमन्त्री

203
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतमा राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्न नसक्ने महसुस गरेको बताएका छन्। शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुसीराम पाख्रिनको छैटौँ स्मृति दिवस तथा खुसीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भारतमा राम्रो संगठन नबनाएको भए नेपालमा गणतन्त्र ल्याउने कुरा मुस्किल हुने बताएका हुन् । उनले भारतमा संगठन हुनुको कारणले नै आफूहरूले भूमिगत रूपबाट धेरै सहयोग प्राप्त गरेको बताए। उनले भारतमा भएका लाखौँ नेपालीहरूलाई सङ्गठित र आन्दोलित गर्ने कुराको भूमिका स्व.पाख्रिनले गरेको जिकिर गरे ।

उनले भने, ‘भारतमा हामीले राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्ने र त्यसले गणतन्त्रसम्म नेपालमा ल्याउने कुरा सायद मुस्किल हुन पनि सक्थ्यो । भारतमा संगठन हुनुको कारणले नै हामीले थुप्रै चिजहरू भूमिगत रूपबाट त्यहाँबाट सहयोग प्राप्त गर्‍यौँ । कार्यकर्ता प्राप्त ग¥यौँ, लड्ने योद्धाहरू सिधै आएर फौजी मोर्चामा जाने र आउनेहरू पनि भयो । सबै सबै धेरै किसिमका प्राविधिकदेखि सेक्युरिटीसम्म सबै विषयमा इन्डियामा भएका लाखौँ नेपालीहरूलाई सङ्गठित र आन्दोलित गर्ने कुराको भूमिका रह्यो । त्यसो गर्नेमा राजनीतिक नेताहरूको भन्दा कमरेड खुसीराम पाख्रिन जस्ता सांस्कृतिक कर्मीहरूको भूमिका बढी महत्त्वपूर्ण भयो । यसले निकै छिटो गतिमा नेपालीहरूलाई सङ्गठित गर्न र आन्दोलित हुन उत्प्रेरित गर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित