Khabar Samachar

Search
Close this search box.

काठमाडौँ उपत्यकामा आज यो वर्ष हालसम्मकै चिसो

207
VIEWS

 

काठमाडौँ उपत्यकामा आज (बिहीबार) यो वर्षअन्तर्गत अहिलेसम्मकै चिसो भएको छ।मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियसमा झरेको हो।

‘यो न्यूनतम तापक्रम यो वर्षको हालसम्मकै कम हो’, उनले भने।

यद्यपि आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८४५ बजे आउने उनले बताए। ‘त्यतिबेला अझ केही प्वइन्ट घट्छ कि’, उनले भने।

हिजो बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो भने यसअघि योभन्दा माथि थियो।

यस्तै आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसभित्र रहने अनुमान रहेको मौसमविद् अधिकारीले बताए।

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ भित्र न्यूनतम तथा साँझ ५:४५ भित्र अधिकतम तापक्रम मापन गरिन्छ।

देशभरकै तापक्रम दिनप्रतिदिन ओरालो लाग्ने क्रम जारी रहेको मौसमविद्ले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित