मोबाइल एपमार्फत बुकिङ गर्ने मिल्ने पठाओ र इन्ड्राइभको नाममा अफलाइन ड्राइभ गर्नेहरूविरुद्ध प्रहरीले कारबाही थालेको छ।
काठमाडौंस्थित प्रहरीका विभिन्न इकाइहरूले शनिबार पठाओ र इन्ड्राइभका नाममा अफलाइन ड्राइभ गर्ने ४८ जनालाई पक्राउ गरेको हो।
उनीहरूसहित प्रहरीले ७५ वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अनधिकृत रुपमा भाडा लिएर सर्वसाधारणलाई ओसारपसार गर्ने उनीहरूलाई विभिन्न चोकबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीले विगतका केही आपराधिक घटनाहरूमा यस्ता सवारीहरूको संलग्नता देखिएपछि यस्तो कदम चालिएको जनाएको छ।
यस्तो ड्राइभिङले सुरक्षा संवेदनशीलताको कोणबाट सदैव जोखिम रहिरहने भएकाले कारबाही थालिएको प्रहरीले जनाएको छ।
प्रहरीले अफलाइन राइड सेयर नगर्न पनि सर्वसाधारणलाई भनेको छ। काठमाडौं उपत्यकामा इन्ड्राइभ र पठाओले मोबाइल एपमार्फत् अनलाइन बुकिङ गरेर यात्रु लाने लैजाने गरेका छन्।
तर उनीहरूकै नाममा मोटरसाइकल चालकहरूले चोक चोकमा बसेर यात्रु ओसार्ने क्रम बढाएपछि प्रहरीले कारबाही थालेको हो।
Discussion about this post