Khabar Samachar

नेपाल क्रिकेट सङ्घ (क्यान)ले सार्वजनिक गर्‍यो वार्षिक खेल तालिका

210
VIEWS

नेपाल क्रिकेट सङ्घ (क्यान)ले वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । क्यानले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक खेलतालिका सार्वजनिक गरेको हो । नेपालले आईसीसी विश्वकप लिग– २,  टी–२० सिरिज, एकदिवसीयलगायतका  सिरिजलाई खेल तालिकामा समेटेको छ । नेपालले आगामी फेब्रुअरी १० देखि १४ तारिखसम्म क्यानडासँग तीन खेलको एकदिवसीय  सिरिज खेल्नेछ ।त्यस्तै नेपालले २७ फेब्रुअरीदेखि ५ मार्चसम्म नामिबिया, नेदरल्यान्ड्स र नेपालबीच  त्रिकोणात्मक टि–२० सिरिज खेल्ने खेल तालिकामा उल्लेख छ । उक्त खेल नेपालमै हुनेछ । त्यस्तै  १९ मार्चदेखि ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग पाँच एकदिवसीय र तीन टि–२० खेल खेल्ने छ ।

यसैगरी  क्यानले आफ्नो खेल तालिकामा आगामी मङ्सिरमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आयोजना गर्ने छ । क्यानका सचिव पारस खड्काले नेपालसँग कुनै देशले खेल्न चाहेमा त्यसलाई पनि खेलतालिकामा समावेश गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित