Skip to main content

Khabar Samachar

Search
Close this search box.

नेपाल क्रिकेट सङ्घ (क्यान)ले सार्वजनिक गर्‍यो वार्षिक खेल तालिका

220
VIEWS

नेपाल क्रिकेट सङ्घ (क्यान)ले वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । क्यानले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक खेलतालिका सार्वजनिक गरेको हो । नेपालले आईसीसी विश्वकप लिग– २,  टी–२० सिरिज, एकदिवसीयलगायतका  सिरिजलाई खेल तालिकामा समेटेको छ । नेपालले आगामी फेब्रुअरी १० देखि १४ तारिखसम्म क्यानडासँग तीन खेलको एकदिवसीय  सिरिज खेल्नेछ ।त्यस्तै नेपालले २७ फेब्रुअरीदेखि ५ मार्चसम्म नामिबिया, नेदरल्यान्ड्स र नेपालबीच  त्रिकोणात्मक टि–२० सिरिज खेल्ने खेल तालिकामा उल्लेख छ । उक्त खेल नेपालमै हुनेछ । त्यस्तै  १९ मार्चदेखि ३० अप्रिलसम्म नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग पाँच एकदिवसीय र तीन टि–२० खेल खेल्ने छ ।

यसैगरी  क्यानले आफ्नो खेल तालिकामा आगामी मङ्सिरमा नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आयोजना गर्ने छ । क्यानका सचिव पारस खड्काले नेपालसँग कुनै देशले खेल्न चाहेमा त्यसलाई पनि खेलतालिकामा समावेश गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित