Khabar Samachar

Search
Close this search box.

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अम्बरबहादुर विष्ट कोशी प्रदेश सभाको सभामुख चयन

222
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अम्बरबहादुर विष्ट कोशी प्रदेश सभाको सभामुख चयन भएका छन्।

प्रदेशस्थित सत्ता गठबन्धनका दलहरूले सभामुखका रूपमा अघि सारेपछि उनलाई प्रमुख विपक्षी नेकपा एमालेले पनि समर्थन गरेको थियो।

यसरी सत्तारूढ र प्रतिपक्षी दलहरूको समर्थन पाएका विष्टलाई मंगलबारको प्रदेश सभा बैठकले सभामुख चयन गर्ने औपचारिकता पूरा गरेको हो।

उपसभामुख सृजना दनुवारले विष्ट निर्विरोध सभामुख चयन भएको घोषणा गरेकी  छन्। सभामुख पदमा विष्टको एकल उम्मेदवारी परेको जानकारी दिँदै उपसभामुख दनुवारले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी थिइन्।

राप्रपा सासद भक्तीप्रसाद सिटौला प्रस्तावक र अर्का सांसद प्रेमराज थाम्सुहाङ समर्थक रहेर विष्टले सभामुख पदमा उम्मेदवारी दिएका थिए।

झापा गौरादहका ७० वर्षीय विष्ट राप्रपाबाट निर्वाचित समानुपातिक सांसद हुन्। राप्रपा केन्द्रीय सदस्य विष्ट प्रदेश सभाको बैठकमा पटक–पटक ‘प्रदेश खारेजी’ का पक्षमा आफ्नो विचार राख्दै आएका नेता हुन्।

कोशी प्रदेशसभाको नेतृत्व गर्ने अवसर पाएका उनी प्रदेश सभाको तेस्रो सभामुख हुन्।

यसअघि प्रदेशसभाको पहिलो कार्यकालमा एमालेका प्रदीप भण्डारी पूरा कार्यकाल सभामुख बनेका थिए। प्रदेशको अहिलेको कार्यकालमा माओवादीका बाबुराम गौतम सभामुख बनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित