Khabar Samachar

Search
Close this search box.

काठमाडौं महानगरको नगरसभा स्थगित

200
VIEWS

काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएको छ।

अघिल्लो कार्यपालिकाको बैठकबाट   निर्णयअनुसार आज नगरसभा गरिने तय भएपनि अन्तिम समयमा बैठक स्थगित भएको हो।

काठमाडौं महानगरपालिका-८ का वडाध्यक्ष  आशमान संगतले नगरसभा स्थगित भएको जानकारी दिए।

तर, के कारणले स्थगित भएको भन्नेबारे भने आफूहरूलाई जानकारी नदिइएको वडाध्यक्ष संगतले बताए।

उनका अनुसार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको मुछिएको घटनालाई लिएर नगरसभामा विरोध हुने भएपछि महानगरपालिकाले नगरसभा नै स्थगित गरिएको हो।

अधिकारीमाथि कार्यपालिकाले गरेको निर्णय हेरफेर गरी प्रमाणीकरण गरेको आरोप छ।

पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर त्यसमा वरिष्ठ शाखा अधिकृत भगवती बिडारीले नियतवश आफ्नी छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी ६ जना बनाएको आरोप छ।

यसमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीको पनि संलग्नता भेटिएपछि सचिवालयले उनलाई छानबिन नसकुञ्जेल  बिदामा बस्न भनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित