Khabar Samachar

Search
Close this search box.

बालविवाह रोक्न लाइसेन्सको व्यवस्था गर्नुपर्छ : आरजु राणा

225
VIEWS

नेपाली कांग्रेसकी नेत्री एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन्।

बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै नेत्री राणाले सानै उमेरमा हुने विवाह रोक्नको लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी हुन्।

उनले विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने  उल्लेख गरिन्।

उनले विवाह गर्नको लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरु आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने बताइन्। उनले यसका लागि वडा तहदेखि कानूनी रुपमा नीति बनाउन आवश्यक रहेको बताइन्।

विवाहअगाडि सबै प्रक्रिया पुर्‍याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक रहेको बताइन्। उनले धेरै देशहरुमा विवाहअगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको पनि बताइन्। उनले बालविवाह, महिला हिंसा, बलात्कारजस्ता विकृतिहरु रोक्नको लागि कानून नै एक मात्र विकल्प हुनसक्ने बताइन्।

उनले भनिन्,‘हाम्रो समाजमा विवाह दर्ता गर्ने प्रचलन छ। विवाह दर्ता गरेन भने कतिपय कुराहरु हामीले पाउँदैनौँ। विवाहको लागि लाइसेन्स लिने राम्रो हुन्छ। यो वडामा नै ल्याउन सकिन्छ।  यो एउटा चलन किन शुरु नगर्ने त?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित