बागलुङमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ।
बिहीबार दिउँसो करिब २ बजे बागलुङ सदरमुकाममा आफ्नो अभियानको कार्यक्रममा सहभागी हुँदा एक पुरूषले प्रसाईंमाथि हातपात गरेका हुन्।
स्टेजमा उक्लिने क्रममा एक पुरूषले प्रसाईंमाथि हातपात गरेका हुन्। ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईँमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् ।
ती पुरूषलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले जानकारी दिए।
Discussion about this post