भारतीय रियालिटी शो ‘बिग बोस १७’ को विजेता मुनव्वर फारूकी भएका छन्। आइतबार राति भएको फिनालेमा उनी विजेता घोषित भएका हुन्।
अभिषेक कुमारलाई पछि पार्दै उनले बिग बोस १७ को उपाधि हात पारेका हुन्। उनले बिग बोस १७ को उपाधिसँगै ५० लाख भारूसहित गाडी पाएका छन्।
अभिषेक कुमार फर्स्ट रनरअप हुँदा मन्नारा चोपडा सेकेन्ड रनरअप, अंकिता लोखन्डे थर्ड रनरअप र अरूण माशेट्टी फोर्थ रनरअप भए।
मुनव्वर स्टयान्ड-अप कमेडियन हुन्। उनी कंगना रनावतले होस्ट गरेको शो ‘लकअप’ बाट चर्चामा आएका थिए। उनी लकअपका विजेता समेत हुन्।
Discussion about this post