Khabar Samachar

Search
Close this search box.

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट बेहोर्ने

208
VIEWS

धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेर बीचैमा छाडेको गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण सम्पन्न गर्नका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको छ।

भरतपुर महानगरकी मेयर रेणु दाहालका अनुसार आज बसेको बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले रंगशला निर्माणको प्रथम चरणका लागि ७५ करोड रुपेयाँ बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले बेहोर्ने र त्यसको श्रोत सुनिश्चित गर्ने निर्णय गरेको छ।

प्रदेश सरकारले ७० प्रतिशत लगानी गरेसँगै रकम अभाव भए संघीय सरकारको अनुदान लिएर महानगरपालिकाले थप गरी रंगशाला बनाउने तयारी गरिएको छ।

प्रदेश सरकारको बजेट सुनिश्चिततासँगै बहुवर्षीय ठेक्का लगाएर काम गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित