धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेर बीचैमा छाडेको गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण सम्पन्न गर्नका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको छ।
भरतपुर महानगरकी मेयर रेणु दाहालका अनुसार आज बसेको बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले रंगशला निर्माणको प्रथम चरणका लागि ७५ करोड रुपेयाँ बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले बेहोर्ने र त्यसको श्रोत सुनिश्चित गर्ने निर्णय गरेको छ।
प्रदेश सरकारले ७० प्रतिशत लगानी गरेसँगै रकम अभाव भए संघीय सरकारको अनुदान लिएर महानगरपालिकाले थप गरी रंगशाला बनाउने तयारी गरिएको छ।
प्रदेश सरकारको बजेट सुनिश्चिततासँगै बहुवर्षीय ठेक्का लगाएर काम गरिनेछ।
Discussion about this post