Khabar Samachar

Search
Close this search box.

एमालेले ऐन महर र सिराज अहमद फारुकीलाई गर्‍यो बर्खास्त

209
VIEWS

नेकपा एमालेले केन्द्रीय सदस्यहरु ऐन महर र सिराज अहमद फारुकीलाई बर्खास्त गरेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले महर र फारुकीलाई बर्खास्त गरेको हो । तर यो सूचना सार्वजनिक गर्दा एमालेले राजीनामा स्वीकृत गरेको भनेको छ । ‘बैठकले दुई जना केन्द्रीय कमिटीका सदस्यहरु अहमद फारुकी र ऐन महरको राजीनामा स्वीकृत गरेको छ’, प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको बक्तव्यमा उल्लेख छ ।

तर एक नेताका अनुसार राजीनामा स्वीकृत गरेको नभइ उनीहरुलाई बर्खास्त गरिएको हो । ‘यौन विचलनमा परेको अडियो सार्वजनिक भएकाले ऐन महरलाई र आर्थिक बिचलनको प्रमाणहरु भेटिएकाले फारुकीलाई बर्खास्त गरिएको हो’, ती नेताले भने ।

बर्खास्त भनेर निर्णय सार्वजनिक गर्दा त्यसको कारण खुलाउनुपर्ने भएकाले राजीनामा स्वीकृत भनेर लेखिएको उनी बताउँछन् । ‘पार्टीको अनुशासनमा नबस्ने अरु नेताहरुबारे पनि छलफल चलिरहेको छ । अहिले दुई जनालाई बर्खास्त गरिएको हो’, उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित