Skip to main content

Khabar Samachar

Search
Close this search box.

हिन्दू राष्ट्रको पक्षमा शशांकको पनि हस्ताक्षर

201
VIEWS

सनातन हिन्दु राष्ट्रको पक्षमा चलाएको अभियानमा नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले पनि हस्ताक्षर गरेका छन् ।

ललितपुरको गोदावरीमा जारी महासमिति बैठक स्थलमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा रहेको सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर अभियान चलाएको छ । मंगलबार पूर्व महामन्त्री कोइरालाले पनि अभियानको पक्षमा हस्ताक्षर गरेका हुन् ।

यस अभियानमा यसअघि बैठकको पहिलो दिन सोमबार चार सय जना महासमिति सदस्यले हस्ताक्षर गरिसकेका छन्।

सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक भण्डारीसहित २२ जना केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठकमै हिन्दू राष्ट्र पुनर्स्थापनाको एजेण्डामाथि छलफलको माग गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित