Khabar Samachar

Search
Close this search box.

नेदरल्यान्ड्स र नामिबियाविरुद्धको टी-२० सिरिजका लागि नेपाली टिम घोषणा

201
VIEWS

नामिबिया र नेदरल्यान्ड्स सम्मिलित टी–२० त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ।

विनोद भण्डारी, प्रतिश जिसी, बिबेक यादव, रशिद खान, सागर ढकाल र अभिनास बोहरा टिममा छन्।

बाँकी खेलाडी एकदिवसीय टिमका छन्।

एकदिवसीय टिममा रहेका पवन सर्राफ, सूर्य तामाङ, भीम सार्की र देव खनाल टिममा छैनन्।

सिरिजमा पहिलो खेल नेपाल र नामिबियाबीच मंगलबार हुनेछ। बुधबार नेपाल र नेदरल्यान्ड्स भिड्नेछन्। यस्तै नेपालले नामिबियासँग शुक्रबार र शनिबार नेदरल्यान्ड्ससँग फेरि खेल्नेछ। फाइनल फागुन २२ गते मंगलबार हुनेछ।

सबै खेल त्रिवि मैदानमा विहान साढे ११ बजे सुरु हुनेछन्।

नेपाली टिम
रोहित पौडेल (कप्तान)
आसिफ शेख
कुशल भुर्तेल
कुशल मल्ल
प्रतिश जिसी
सन्दीप जोरा
बिनोद भण्डारी
बिबेक यादव
दिपेन्द्रसिंह ऐरी
अनिल साह
ललित राजवंशी
रशिद खान
करण केसी
सागर ढकाल
गुलशन झा
आरिफ शेख
सोमपाल कामी
अविनाश बोहरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित