Khabar Samachar

करणले जोगाए नेपालको हार

213
VIEWS

अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै ३ रन दिदै नेपालले नामिबियामाथि रोमाञ्चक जित हात पारेको छ । जितका लागि १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ‌ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनाउन सक्यो ।

नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो । तर करण केसीले कसिलो बलिङ गर्दै ८ रन मात्र दिए ।नामिबियाका जेजे स्मिटले सर्वाधिक ५० रन बनाए । जान फ्रिलिंकले ३७, जेपी कोट्जेले २५, माइकल भान लिंगेनले १०, मलान क्रुगरले ३, रुबेन ट्रम्पलम्यान १४ र जान निकोल लोफ्ट इटोन शुन्य रनमा आउट भए । जेन ग्रीन २३ रनमा अविजित रहे ।

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीले २–२ विकेट लिए । करण केसी र अभिनास बोहराले एकएक विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतक मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे ।

७.२ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाएर दबाबमा परेको नेपाललाई उकास्ने क्रममा कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफ ३१ रनमा आउट भए ।

सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भएका छन् । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भए ।

दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । यसअघि कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित