Khabar Samachar

सूर्य नेपाल च्यालेन्ज सुरु, पहिलो दिन रामे मगरलाई अग्रता

207
VIEWS
सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको पहिलो दिन ३-अन्डर ६५ को स्कोरमा भेट्रान प्रो रामे मगर शीर्षस्थानमा रहेका छन।
रामेले एमेच्योर युवा गल्फर तथा डिफेन्डिङ्ग च्याम्पियन सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारे। २-अन्डर ६६ सहित सदभाव आचार्य दोस्रो स्थानमा रहदा १-अन्डर ६७ सहित भुवन नगरकोटी र धन बहादुर थापा संयुक्तरुपमा तेस्रो स्थानमा रहे। इभन-पार ६८ खेलेका टंक बहादुर कार्की पाँचौं र १-ओभर ६९ सहित रवि खड्का छैटौं स्थानमा छन।
२-ओभर ७० को स्कोरमा पहिलो दिनको खेल सकाएका रमेश अधिकारी, सूर्य प्रसाद शर्मा र दिनेश प्रजापतिले संयुक्तरुपमा सातौं स्थानमा रहेका छन। यसैगरी पशुपति शर्मा, जयराम श्रेष्ठ, दीपक मगर, तोरण विक्रम शाही तथा एमेच्योर गल्फरद्वय राहुल बिके र टासी छिरिङले ३-ओभर ७१ को नतिजामा संयुक्तरुपमा १०औं स्थान बाँडे।
लामो समयपछि शीषस्थानमा रहन सफल रामेले उत्कृष्ट प्रदर्शनमा फ्रन्ट नाइन ३-अन्डर ३१ मा पुरा गरे। उनले पहिलो, दोस्रो र चौथो होलमा बर्डी प्रहार गरे। ब्याक नाइनमा पनि १०औं, १२औं र १३औं होलमा एक-एक सट बचाउँदा ६-अन्डरको स्थितिमा पुगिसकेका थिए। तर ४-पारको १६औं होलमा डबल बोगी र १८औं होलको बोगीले ब्याक नाइन इभन-पार ३४ मा सकाए।
राष्ट्रिय टिमका सदस्य एमेच्योर गल्फर सदभावले फ्रन्ट नाइनमा ३-अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे। छैंटौं होलको बोगी विरूद्ध चार बर्डी प्रहार गरे। उनले पहिलो, दोस्रो, सातौं र आठौं होलमा एक-एक सट बचाए। ब्याक नाइनमा तीन बर्डी र चार बोगी प्रहार गरे। ११औं, १३औं र १६औं होलमा बर्डी प्रहार गरे पनि १२औं, १४औं, १५औं र १७औं होलमा एक-एक सट खेर फाल्दा ब्याक नाइन १-ओभर ३५ मा पुरा गर्न बाध्य भए।
सिजनको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन विजेता भुवनले चौथो र पाँचौ होलको बर्डीको सहायताले फ्रन्ट नाइन २-अन्डर ३२ मा सकाए। यसपछि १०औं होलमा एक सट बचाए भने १३औं र १६औं होलको बोगीले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे।
धनले सुरूवात राम्रो गर्न सकेनन। दोस्रो, पाँचौ र सातौं होलमा बोगी खेप्दा नवौं होलको बर्डीले फ्रन्ट नाइन २-ओभर ३६ मा सकाए। ब्याक नाइनमा भने लय समाते। १०औं, ११औं, १३औं र १५ औं होलमा बर्डीको सफलता प्राप्त गरे भने १७औं होलको बोगीले ब्याक नाइन ३-अन्डर ३१ मा पुरा गरे।
चारदिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीको सहभागीता रहेको छ। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनको लागि स्थान सुरक्षित गर्नेछन। एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्नेछ।
कुल ५ लाख ७२ हजार २ सय ५० नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ६७ हजार र ४८ हजार हात पार्नेछन। यसैगरी चौथो हुनेलाई ४० हजार र पाँचौ हुनेलाई ३६ हजार प्रदान गरिनेछ। कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित