Khabar Samachar

Search
Close this search box.

गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएमा कारबाही गर्नबाट कसैले रोक्न सक्दैन : प्रधानमन्त्री पुष्प कमल दाहाल

205
VIEWS

प्रधानमन्त्री पुष्प कमल दाहालले गृहमन्त्री रवि लामिछानेको सहकारीको बचत हिनामिना प्रकरणमा संलग्नता देखिएमा कारबाही गर्नबाट कसैले रोक्न नसक्ने बाताएका छन ।

मंगलबार प्रतिनिधिसभा बैठकमा कांग्रेसले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सुशासन कायम गर्ने सवालमा आफूले कुनै पनि सम्झौता नगर्ने बताए।

जवाफमा प्रधानमन्त्री दाहालले लामिछाने ठगीका कही-कतै सहभागी नभएको र उनकाविरुद्ध अनुसन्धान सकिएपछि मात्रै उजुरी परेको बताए। ‘उहाँ सहकारीको सञ्चालक, लेखा, ऋण समिति, कही पनि रहनुभएको छैन। अदालतमा विचाराधीन मुद्दामा पनि उहाँ जोडिनुभएको छैन’, रविको बचाउनमा प्रधानमन्त्रीले अगाडि भने, ‘सुरुमा सुर्दशन सहकारी पीडितले उजुरी दिँदा कसैको नाम किटिएको थिएन। असोज १८ गते १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। ४ जना पक्राउ परेका छन्। बाँकी खोजीमा छन्। मुल उजुरी परेको ६ महिनापछि कास्की जिल्लामा रविसहित १८ जनालाई उजुरी दिइएको थियो। पूरक उजुरी दिन सकिन्छ। त्यसमा रवि संलग्न रहेको कुनै प्रमाण पेश गरिएको छैन। यस्तो उजुरी दर्ता गर्न उपयुक्त छैन। भनेर प्रहरी गर्न मानेन।’

प्रधानमन्त्री दाहालले रविको नाममा प्रवाह भएको ऋण चुक्ता भइसकेको सदनलाई बताए। उनले भने, ‘उनको नाममा भएको ऋण चुक्ता भएकाले अनुसन्धान गर्नुपर्ने निर्णय प्रहरीले गरेको छ। यो निर्णय कांग्रेस सरकारमै भएको बेलामै भएको हो।’

‘अनुसन्धानबाट केही कैफियत देखिएमा उहाँ (रवि लामिछाने) लाई कारबाही गर्ने कुरामा पनि कसैले रोक्न सक्दैन। यो कुरा प्रस्ट राख्न चाहन्छु’, प्रधानमन्त्री प्रचण्डले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित