Skip to main content

Khabar Samachar

Search
Close this search box.

उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन आज

201
VIEWS

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै छन् ।

आजै बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ।

आयोले उक्त सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिन भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकेको छ।

सोही दिनको अपराह्न ३ बजे उपरान्त चैत्र २६ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी चैत्र २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।

उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिन चैत २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ।

निर्वाचन कार्यक्रम अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित