Khabar Samachar

Search
Close this search box.

कुनै पनि कालखण्डमा घटेका भ्रष्टाचारको छानबिन गरौ – रास्वपा उपसभापति स्वर्णिम वाग्ले

204
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीले विगतका जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारको उत्खनन् गर्न उच्च स्तरीय स्वतन्त्र छानबिन समिति बनाउन माग गरेको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न कांग्रेसले संसदीय छानबिन समितिको माग गरिरहेको बेलामा रास्वपाले सबै भ्रष्टाचारको फाइल खोल्नुपर्ने माग अघि सारेको हो।

प्रतिनिधि सभाको बैठकपछि उपसभापति स्वर्णिम वाग्लेले भने- सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा पनि कुनै पनि कालखण्डमा घटेका भ्रष्टाचारको छानबिन गर्ने भनिएको छ। ललिता निवासको सुरुवाती त अहिले विपक्षी दलका सभापति गृहमन्त्री हुँदा हस्ताक्षर भएर सुरु भएको हो। ललिता निवासदेखि अहिले वाइडबडी काण्डमा को-कोलाई जोगाइएको छ। यो सबैको छानबिन गर्नको लागि रास्वपाले उच्च स्तरीय स्वतन्त्र छानबिन समितिको आह्वान गर्दछ।

उनले भने- एउटा व्यक्तिलाई खुइल्याउने, एउटा आरोपका भरमा पात्रलाई खुइल्याउने किसिमले होइन। ०४७ यताका उच्च पदस्थ पदमा बसेका व्यक्तिमाथि छानबिन गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित