Khabar Samachar

Search
Close this search box.

नेकपा माओवादी केन्द्रले टुङ्ग्यायो महानगर र उपमहानगरका उम्मेदवार

215
VIEWS

सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ । महानगरमा मेयर र उपमेयर १/१  जना सहित उपमहानगरमा मेयर र उपमेयर २/२ जना भागबण्डामा पाएको थियो । माओवादीको भागबण्डामा परेको भरतपुर महानगर मेयरमा रेनु दाहाललाई उम्मेदवार बनाएको छ । ललितपुर महानगरको उप मेयरमा बाबुराज बज्राचार्यलाई उम्मेदवार बनाएको छ । यस्तै उक्त पार्टीले जीतपुर सिमरा उपमहानगरको मेयरमा राजन पौडेल र घोराही उपमहानगर मेयरमा हेमराज शर्मालाई उम्मेदवार बनाएको छ ।

धनगढी उपमहानगरको उप मेयरमा शान्ति अधिकारी चयन गरिएको छ । धरानको उपमेयरमा अइन्द्रविक्रम मेघा, सूर्यबहादुर भट्टराई, उद्धबहादुर लिम्बु आकाङ्क्षी छन् । तर धरानको मेयरमा मेघा नै उपमेयरको उम्मेदवार हुनसक्ने माओवादी पार्टीका नेताहरुले बताएका छन् । माओवादीले अरु प्रदेश र जिल्लाको आवश्यकतामा चुनावी तालमेल गरेको छ ।

कतै माओवादी र काँग्रेस कतै एकीकृत समाजवादी र माओवादीबीच तालमेल भएको छ । कतिपय स्थानीय तहमा माओवादीले एकल प्रतिष्पर्धा पनि गरेको छ । आइतबार दिउँसोसम्म माओवादीले सबै स्थानीय तहका उम्मेदवारको टुंगो लगाइसक्ने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना दोहोर्‍याउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन
भर्खरै प्रकाशित