Skip to main content

Khabar Samachar

Search
Close this search box.

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

209
VIEWS

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्नेमा परेपछि आइतबारको सुनुवाइ स्थगित भएको छ।

लामिछानेको मुद्दा आइतबार न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो।

न्यायाधीश निरौलाले विपक्षी झिकाउने आदेश गरेकाले हेर्ने नमिल्ने भएको सूचना अधिकारी तिर्थराज निरौलाले बताए। आफूले पहिल्यै सुनुवाइ गरी धारणा व्यक्त गरिसकेको मुद्दामा अर्को पटक न्यायाधीशहरूले सुनुवाइ गर्दैनन्।

लामिछानेविरूद्ध अधिकतम सजाय माग गरी उच्च सरकारी वकिलको कार्यालय पुनरावेदनमा गएको थियो। त्यस्तै लामिछानेले पनि आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै पुनरावेदन दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित