कन्नड र तमिल फिल्म अभिनेत्री रान्या रावलाई दुबईबाट फर्कने क्रममा १४.८ किलो सुनसहित राजस्व गुप्तचर विभागले पक्राउ गरेको छ ।
यो सुनको मूल्य लगभग १२ करोड भारू रुपैयाँ रहेको बताइएको छ ।अभिनेत्री रावका सौतेनी बुवा के.रामचन्द्र राव कर्नाटकका आईपीएस अधिकारी हुन् । रिपोर्टअनुसार रान्या १५ दिनमा चारपटक दुबई पुगेपछि प्रहरीको अनुसन्धानमा परेकी थिइन् ।
Discussion about this post