Skip to main content

Khabar Samachar

Search
Close this search box.

बलिउड अभिनेता मनोज कुमार निधन

207
VIEWS

बलिउड अभिनेता मनोज कुमारको ८८ वर्षको उमेरमा निधन भएको छ। बलिउड क्षेत्रमा दिग्गज मानिने उनको शुक्रबार बिहान निधन भएको हो।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुम्बईको कोकिलाबेन अस्पतालमा उनको निधन भएको हो। उनी हिन्दी फिल्म उद्योगमा देशभक्तिपूर्ण फिल्महरूका लागि परिचित छन्।

उनका चर्चित फिल्महरूमा क्रान्ति, उपकार, शहीद, पूर्व और पश्चिम, रोटी कपडा और मकानलगायत छन्।

उनको जन्म सन् १९३७ मा एबटाबादमा भएको थियो, जुन अहिले पाकिस्तानमा छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको निधनमा शोक व्यक्त गरेका छन्।

उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, अभिनेता अक्षय कुमारलगायतले दु:ख ब्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित