नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहेकी छिन्।
काठमाडौंमा हालै भएको नाउपाको राष्ट्रिय भेलाले लालवीर चौधरीलाई साउन १५ गते अध्यक्ष चयन गर्दै निर्वाचन आयोगमा अद्यावधिक गर्न निवेदन दिए पनि निर्वाचन आयोगले रञ्जिता श्रेष्ठलाई नै अध्यक्ष कायम गरिदिएको छ।
निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ नै रहने निर्णय आयोगले गरेको जानकारी दिइन्। आयोगले राजनीतिक दलसम्बन्धी ऐन र दलको विधान हेरेर श्रेष्ठलाई नै अध्यक्ष कायम गरेको हो।























Discussion about this post