सर्वोच्च अदालतले स्याङ्जा-२ को निर्वाचन परिणामलाई नेकपा (एमाले)की तत्कालीन उम्मेदवार पद्मा अर्यालले स्वीकार गरेको ब्याख्या गरेको छ।
अर्यालले २०७९ मंसिरमा स्याङ्जा-२ को निर्वाचनमा अनियमितता भएको भनेर सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।
सर्वोच्चले उक्त रिटको सुनुवाइ गर्दै ०८१ भदौमै कांग्रेस उम्मेदवार धनराज गुरूङले नै चुनाव जितेको भनेर मान्यता दिएको थियो।
तत्कालीन प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू कुमार रेग्मी, प्रकाशकुमार ढुंगाना, सपनाप्रधान मल्ल र प्रकाशमानसिंह राउतको इजलासले २०८१ भदौ ५ गते उक्त फैसला गरेको थियो। उक्त फैसलाको पूर्णपाठ अहिले सार्वजनिक भएको हो।पूर्णपाठमा रिट निवेदक मौन रहनुलाई मतपरिणाम स्वीकार गरेको ब्याख्या गरेको हो। स्याङ्जा क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवार रहेकी पद्मा अर्यालले मौन बसेर मतपरिणामलाई स्विकारेको व्याख्या गरेको छ।























Discussion about this post