Khabar Samachar

गुल्मीको सत्यवती गाउँपालिकामा एमाले विजयी

211
VIEWS

काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिकामा एमालेले जितेको छ ।

गाउँपालिकाको अध्यक्ष नेकपा एमालेका भीमप्रसाद पाण्डे ६ हजार २६७ मतसहित विजयी भएका छन् । उपाध्यक्षमा एमालेकै निरमाया तरामु ६ हजार २३४ मतसहित विजयी भएकी छन् ।

गाउँपालिका अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पारिश्वर ढकालले ५ हजार ६११ मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकै तेजकुमारी थापाले ५ हजार ५३१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।गाउँपालिकामा रहेका ८ वटा वडामध्ये ५ वटामा एमाले, २ वटामा कांग्रेस र एउटामा नेकपा माओवादी केन्द्रले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित