Khabar Samachar

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता फराकिलो

207
VIEWS

कैलाली । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो अग्रता लिएका छन् । उनी निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका नृप वडभन्दा झण्डै दोब्बर मतले अगाडि छन् ।
१४ हजार ७३६ मत गणना हुँदा हमालले ६ हजार ५९६ मत पाएका छन् भने सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका वडले ३ हजार ३५४ मत पाएका छन् ।
उपमहानगर प्रमुखमै नेकपा एमालेका रणबहादुर चन्दले एक हजार ६७४ मत पाएका छन् ।
हालसम्म प्रमुख पदका गणना भएकोमध्ये २ हजार ९३२ मत बदर भएको छ ।त्यस्तै, उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीले २ हजार ९४० मत पाएर अग्रता लिएकी छन् भने  एमालेकी कन्द्रकला रानाले २ हजार ८४५ मत पाएकी छन् । उपप्रमुखमै स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले एक हजार ६४७ मत पाएका छन् । उपप्रमुखमा भने हालसम्म गणना गरिएकोमध्ये ६ हजार ९ मत बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित