Khabar Samachar

काठमाडौंमा ५० हजार मतगणना हुँदा बालेन्द्र १८२३७

219
VIEWS

 

काठमाडौँ महानगरपालिकामा कुल खसेको मतमध्ये ५० हजार मतपत्रको गणना भएको छ।

 

बुधबार बेलुकी कुल खसेको मतमध्ये ५० हजार मतपत्रको गणना सम्पन्न भएको हो।

 

वैशाख ३० गतेसम्म स्थानीय तह निर्वाचनमा १ लाख ८९ हजार ४२० मत खसेको थियो। वैशाख ३१ बिहानबाट जारी मतगणनाअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले १८ हजार २३७ मत ल्याएका छन्।

उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापित ९ हजार ५१७ मतका साथ पछ्याइरहँदा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ८ हजार ५३७ मत प्राप्त गरेकी छन्।

महानगरको उपप्रमुखमा एमाले उम्मेदवार सुनिता डंगोलले १७ हजार ८२६ मत पाएकी छन्। उनलाई नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठ ५ हजार ७२२ मतका साथ पछ्याइरहेका छन्।

 

काठमाडौँका ३२ वडामध्ये १, २, ३ र ५ नम्बर वडाको गणना सम्पन्न भइसकेको छ। अहिले ४, ६, ७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित