सर्लाहीमा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले पहिलो जित निकालेको छ । गोडैता नगरपालिकाका मेयर तथा उपमेयर दुवैमा लोसपाले जित निकालेको हो ।
गोडैता नगरपालिकाका मेयरमा लोसपाका उम्मेदवार देवेन्द्र यादव ५ हजार २ सय ९४ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्रप्रसाद कुशवाहालाई ५ सय ४२ मतान्तरले पराजित गरेका हुन् । पराजित कुशवाहाले ४ हजार ७ सय ५२ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा लोसपाकै अन्जना कुशवाहा ५ हजार ३ सय १ मत ल्याई विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रामसखीदेवीले ४ हजार ४ सय ९३ मत प्राप्त गरिन् ।
यसअघिको स्थानीय तहको निर्वाचनमा तत्कालीन राजपाले ६ स्थानीय तह जितेको थियो । यस वर्ष भने निर्वाचनमा एक तहमा मात्र सीमित भएको छ ।
जिल्लाको २० स्थानीय तहमध्ये ५ स्थानीय तहको मतगणना भइरहेको छ । जसमध्ये कांग्रेस २ स्थानीय तहमा, एमाले, माओवादी र जसपाले एक–एक स्थानीय तहमा अग्रता लिइरहेको छ ।
Discussion about this post