ललितपुर महानगरपालिका वडा नम्बर २० मा नेपाली कांग्रेसकाे प्यानलै विजयी भएकाे छ । वडाध्यक्षमा कांग्रेसका चन्द्रलाल महर्जनले माओवादी केन्द्रका धनबहादुर महर्जनलाई १ सय ३२ मतले पराजित गरे ।
चन्द्रलाल १ हजार ३ सय १५ मत पाएर विजयी हुँदा धनबहादुरले १ हजार १ सय ८३ मत मात्रै ल्याए । तेस्राेमा नेकपा एमालेका इन्द्रमुनि शाक्यले ४ सय ८४ मत पाए ।
यसैगरी वडा सदस्यमा कांग्रेसका अमर डंगाेल १ हजार ९८ र शैलेन्द्र शाक्य १ हजार ७५ मातका साथ विजयी भए । महिला सदस्यमा कांग्रेसकी गीता महर्जन १ हजार ३ सय २६ मत पाएर निर्वाचित हुँदा दलित महिला सदस्यमा मंगलदेवी नेपाली १ हजार २ सय ९४ मतका साथ चुनिइन् ।
ललितपुर महानगरपालिकाकाे मेयर र उपमेयरमा कांग्रेस, माओवादी र नेकपा एसबीच गठबन्धन भए पनि केही वडामा भने तीन वटै पार्टी भिन्दाभिन्दै चुनाव लडेका छन् । वडा नम्बर २० मा कांग्रेसले माओवादीलाई हराएकाे हाे ।
Discussion about this post