Skip to main content

Khabar Samachar

Search
Close this search box.

जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित

210
VIEWS

मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोजकुमार साह निर्वाचित भएका छन । स्वतन्त्र उम्मेदवार मनोजले १३ हजार ४ सय ६५ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह (हिरा)ले ९ हजार ५ सय ३२ मत ल्याएका छन् । मनोज ३ हजार ९ सय ३३ मतान्तरले विजयी भएका हुन् । गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टी नेपालका लालकिशोर साहले ५ हजार १ सय ९४ मत ल्याएका छन् । लालकिशोर निवर्तमान मेयर समेत हुन् । तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार मनोज चौधरीले ५ हजार ३ सय ६० मत ल्याएका छन् ।

यस्तै जनकपुरधाम उपमहानगरको उपमेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका किशोरी साह निर्वाचित भएकी छन् । उनले १५ हजार ५ सय २५ मत ल्याएर  उपमेयरमा निर्वाचित भएकी हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुणादेवी झाले १० हजार ८ सय ८५ मत ल्याइन् । त्यस्तै लोसपाका उपमेयरकी उम्मेदवार रीताकुमारी मिश्रले ५ हजार ८ सय १७ मत  ल्याउन सकिन् । मिश्र निवर्तमान उपमेयर समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित