Khabar Samachar

जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित

207
VIEWS

मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोजकुमार साह निर्वाचित भएका छन । स्वतन्त्र उम्मेदवार मनोजले १३ हजार ४ सय ६५ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह (हिरा)ले ९ हजार ५ सय ३२ मत ल्याएका छन् । मनोज ३ हजार ९ सय ३३ मतान्तरले विजयी भएका हुन् । गठबन्धनबाट मेयर पदमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टी नेपालका लालकिशोर साहले ५ हजार १ सय ९४ मत ल्याएका छन् । लालकिशोर निवर्तमान मेयर समेत हुन् । तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार मनोज चौधरीले ५ हजार ३ सय ६० मत ल्याएका छन् ।

यस्तै जनकपुरधाम उपमहानगरको उपमेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका किशोरी साह निर्वाचित भएकी छन् । उनले १५ हजार ५ सय २५ मत ल्याएर  उपमेयरमा निर्वाचित भएकी हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुणादेवी झाले १० हजार ८ सय ८५ मत ल्याइन् । त्यस्तै लोसपाका उपमेयरकी उम्मेदवार रीताकुमारी मिश्रले ५ हजार ८ सय १७ मत  ल्याउन सकिन् । मिश्र निवर्तमान उपमेयर समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित