Khabar Samachar

काठमाडौँ महानगरपालिका २६ को अध्यक्षमा कांग्रेसका ख्यामराज तिवारी विजयी

207
VIEWS

काठमाडौं–काठमाडौँ महानगरपालिका वडा नं २६ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ख्यामराज तिवारी विजयी भएका छन्। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अघि सम्पन्न मतगणनामा कांग्रेसका तिवारीले तीन हजार ३१५ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार तीर्थकाजी डङ्गोलले दुई हजार ४२९ मत प्राप्त गरे। नवनिर्वाचित अध्यक्ष यसअघि पनि सोही वडाको वडाध्यक्ष थिए। वडा सदस्यमा पनि कांग्रेसका सबै उम्मेदवार विजयी भएका छन्।  कांग्रेसबाट विजयी हुने सदस्यमा बाबुबाजी महर्जन र प्रवेश श्रेष्ठ, महिला सदस्यमा शान्ता महर्जन र दलित महिलामा रुपा नेपाली रहेको निर्वाचन कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित