Khabar Samachar

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच बालकोटमा छलफल

214
VIEWS

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच बालकोटमा छलफल भएको छ।

आइतबार ओली निवास बालकोटमा उनीहरूबीच कुराकानी भएको हो।

भेटका लागि एमाले अध्यक्ष ओली पक्षबाट माओवादी नेताहरूलाई बोलाइएको थियो। माओवादी केन्द्रका तर्फबाट ओलीसँग भेटका लागि श्रेष्ठलाई पठाइएको थियो।

उनीहरूबीच करिब साढे दुई घन्टा कुराकानी भएको थियो। समसामयिक राजनीतिक परिस्थिति र राष्ट्रिय राजनीतिबारे भेटमा कुराकानी भएको थियो।

अर्थपूर्ण यसकारण कि यो भेटलाई दुवै पक्षले सकेसम्म गोप्य राख्न खोजेका थिए । यतिसम्मकी दुवै पार्टीका संयन्त्रलाई पनि यसको जानकारी थिएन । माओवादी नेता श्रेष्ठ करिब २ घण्टा ओलीसँग एक्लै भेटघाट गरेर फर्किएको स्रोतले जनाएको छ ।

बालकोट वार्ताको पुष्टि गर्दै माओवादी नेता श्रेष्ठले देशको राजनीतिक परिस्थिति र भूराजनीतिको बारेमा छलफल भएको बताए ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले नेपालको परराष्ट्र नीतिविपरीत सरकारले चीनविरोधीहरूलाई चलखेल गर्न दिएको तथा बीआरईका सन्दर्भ प्रधानमन्त्रीले व्यक्त गरेका अभिव्यक्ति र एमसीसीको कथित व्याख्यात्मक घोषणाका नाममा त्यसलाई पारित गरेपछि बढिरहेका अमेरिकी गतिबिधिहरूप्रति चिन्ता व्यक्त गरिरहेका छन् ।

प्रतिनिधिसभामा विपक्षी दलका नेता केपी शर्मा ओलीले यीनै विषयमा गठबन्धनको आलोचना गरेको लगत्तै श्रेष्ठले राष्ट्रियसभामा यीनै प्रश्न उठाएका थिए । राष्ट्रिय हित र विदेश नीतिका सन्दर्भमा ओलीसँग आफ्नो लाइन मिलेको श्रेष्ठले बालको वार्तामा समेत बताएका छन् । मुलुक गम्भीर भूराजनीतिक संकटमा धकेलिन लागेकोमा दुवै नेता चिन्तित रहेको निकट स्रोतले जनाएको छ ।

स्रोतले भन्यो, ‘चिनियाँहरूले के हुन लागेको हो भनेर बारम्बार सोधिरहेका छन् । नेपालले देखिने गरी नै एक चीनि नीतिविपरीत गतिविधि गर्न छुट दिइरहेको छ, अमेरिकी सैन्य रणनीतिको अंग बन्न लागेको पनि देखिन्छ । एक चीन नीति औपचारिकरूपमै छाड्न लागेको हो कि भन्ने प्रश्न पनि उठेका छन् । बीआरआईको सन्दर्भमा प्रधानमन्त्रीले बोलेका कुरा झनै गम्भीर छन् । यी विषयमा प्रचण्डको आधिकारिक दृष्टिकोण के हो ? चिनियाँले पनि सोधेका छन् । मुलतः बालकोट वार्ता यस्तै विषयमा केन्द्रित हो ।’

चिनियाँहरूले वर्षमान पुनमार्फत पनि पछिल्लो अवस्थाको बारेमा चासो राखेका छन् । वर्षमानको उपचारमात्र होइन चीनले जीवनदान नै दिएको चर्चा चल्ने गरेको छ । पार्टीभित्र कांग्रेससँगको गठबन्धन निरन्तरताप्रति वर्षमान त्यति आशावादी नरहेको बताइन्छ । नारायणकाजी श्रेष्ठ पनि वाम पार्टी विभाजित हुँदा नेपाल भूराजनीतिक संकटमा फस्ने खतरा देखिरहेका छन् ।

एमालेको तर्फबाट अध्यक्ष ओलीदेखि भीम रावल, प्रदीप ज्ञवाली, खगराज अधिकारीलगायतका नेताहरूले नेपाल भूराजनीतिक संकटमा फस्न लागेको र सरकारले कोल्टे कुटनीति लिएको भन्दै गम्भीर आपत्ति जनाएका छन् । एमालेले औपचारिकरूपमै सरकारसँग जवाफ मागेको छ । प्रधानमन्त्रीको अमेरिका भ्रमण र त्यसअघि भइरहेका अमेरिकी गतिविधिहरूलाई एमालेले जस्तै नारायणकाजी, देव गुरुङलगायतका नेताहरूले पनि असामान्य भन्दै सरकारको जवाफ मागेका छन् ।

बालकोट वार्तालाई यीनै रणनीतिक अर्थमा बुझ्न सकिने नेताहरूले बताएका छन् । श्रेष्ठलगायतका नेताहरू केपी ओली र एमालेलाई देखाइदिने प्रतिशोधमा कांग्रेसको सहयोगी बनेर चीनविरोधी मोर्चामा बस्ने कि नयाँ शिराबाट अघि बढ्ने भन्ने प्रश्नसहित माओवादीको आसन्न बैठकमा प्रस्तुत हुने तयारीमा रहेको बताइन्छ । यद्यपि श्रेष्ठले भने ओलीसँग वाम गठबन्धन वा चुनावी सन्दर्भबारे छलफल नभएको बताए ।

उनले वाम गठबन्धन वा चुनावी तालमेलबारे त्यस्तो कुराकानी नभएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित