Khabar Samachar

काठमाडौं-६ मा स्वतन्त्र उम्मेदवार अब्दुस मियाँको उम्मेदवारी घोषणा

201
VIEWS

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट अब्दुस मियाँले स्वतन्त्र उम्मेदवारी दिने भएका छन्। विवेकशील साझाको युवा संगठनको संयोजक रहेका मियाँले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिने बताएका हुन्। चुनाव अगाडी या चुनाव पछि पुनः युवाहरूको नयाँ राजनीतिको आका‍ंक्षालाई समेट्ने गरी नयाँ सम्भावना खोजिने उनले बताए।

‘प्रतिनिधि सभामा सक्षम र स्वतन्त्र युवाहरू कानून निर्माताका रूपमा सहभागी हुनुपर्छ भन्ने मेरो उद्देश्य हो’ मियाँले भने, म ‘देशभरका १६५ निर्वाचन क्षेत्रहरूबाटै सक्षम युवाहरुलाई उम्मेदवारी दिन आह्वान गर्न चाहन्छु।’

मियाँले आफ्नो मुख्य एजेण्डाको रूपमा ‘नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्तावलाई अगाडि बढाउन पहल गर्ने, गरिखाने उद्यमशील समाज बनाउनको निम्ति नीतिगत, ब्युरोक्र्याटीक र प्रशासनिक झन्झट लाई हटाउने, ग्लोबल वार्मिङ, यु।बि।आइ , लगायत विषयलाई संसद्को बहसको विषय बनाउने’ छन्।

प्रतिनिधि सभामा सक्षम र स्वतन्त्र युवाहरू आउनुपर्ने र कानून निर्माताका रूपमा युवाको सहभागीता बढ्नुपर्ने आफ्नो भनाइ रहेको मियाँ बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित