Khabar Samachar

वामदेव गौतमको नेतृत्वमा नयाँ पार्टी ” नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान”

211
VIEWS

वामदेव गौतमले नयाँ पार्टी घोषणा गरेका छन्। मंगलबार उनले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामक पार्टी घोषणा गरेका हुन्।

रिपोर्टर्स क्लब नेपालमा मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका नामको नयाँ पार्टी घोषणा गरेका हुन्।

घोषित नयाँ पार्टीमा वामदेव आफैं संयोजक छन्। उनले डीबी कार्कीलाई सचिव तोकेका छन्।

उता सचिवालय सदस्यहरूमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र  युवराज सफल रहेका छन्। सचिवालयमा अर्का एकजना सदस्य पछि थपिने प्रचार विभाग प्रमुखसमेत रहेका निमकान्त पाण्डेले बताएका छन्।

वामदेवको केन्द्रीय कमिटी ७४ सदस्यीय हुने पाण्डेले बताएका छन्।पार्टीको सबैभन्दा महत्त्वपूर्ण र मुख्य कार्यभार विघटन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई फेरि पुनर्गठित गर्नु भएको बताइएको छ। आगामी चुनावअघि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी एकीकृत हुन नसकेको अवस्थामा कार्यगत एकतामा आउने वातावरण सिर्जना गर्ने उद्देश्य राखिएको छ।

नेकपा पुनर्गठन वा कार्यगत एकता नभए आफूले अगाडि सारेका विचारलाई सम्मान गर्ने पार्टीमा एकीकरण हुने भनिएको छ। ‘उपरोक्त मध्ये कुने अवस्था सृजना भएन भने हामीले नेकपा एकता राष्ट्रिय अभियानलाई छुट्टै कम्युनिस्ट पार्टीका रुपमा अगाडि बढाउने छौँ’, विज्ञप्तिमा भनिएको

 

छ।

पार्टीमा केन्द्रीय कमिटी ७५ सदस्य हुने प्रेस विज्ञप्तिमा जनाइएको छ। ‘दैनिक पार्टी सञ्चालनका लागि स्थायी कमिटी निर्माण हुनेछ। त्यसमा १५ जना नबढ्ने गरी सदस्यहरु रहनेछन्। यो पार्टी बहुपदीय प्रणालीमा जानेछ’, विज्ञप्तिमा भनिएको छ।

पार्टीमा एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्जको जिम्मेवारी बहन गर्ने गरी सात उपाध्यक्ष, संगठनात्मक कामको मुख्य जिम्मेवारी पूरा गर्नेगरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने छन्।

गौतमको पार्टीले अन्य पार्टीहरूसँग एकता सम्वादका लागि आफ्नै संयोजकत्वमा समिति बनाएका छन्।

गौतमको संयोजकत्वमा रहने वार्ता टोलीमा सचिवालयका सदस्यहरुलाई राखेर टोली बनाइने भएको छ।

पार्टीको आन्तरिक कार्यक्रम अन्तर्गत विधानसम्मत रुपमा आवश्यक संख्यामा विभाग, आयोग र जनवर्गीय संग सामुदायिक संगठन र पेशागत संगठन पनि निर्माण गरिने जनाइएको छ

यो पार्टी समन्वय समितिका रुपमा रहँदासम्मका लागि केन्द्रीय सचिवालय बनाउने घोषणा गरिएको हो। ​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित