Khabar Samachar

लोकगायिका सुनारको झुण्डिएर मृत्यु: पोस्टमार्टम रिर्पोट

232
VIEWS

लोकदोहोरी गायिका दिलमाया सुनारको शव परीक्षण (पोस्टमार्टम) रिपोर्ट मंगलबार प्रहरीलाई प्राप्त भएको छ ।  रिर्पोट अनुसार सुनारको मृत्युको कारण झुण्डिएर भएको उल्लेख छ ।

‘रिर्पोटमा कसैले घाँटी दवाएको देखिएको छैन’ प्रहरी स्रोतले भन्यो, ‘रिर्पोटमा कसैले घाँटी दवाएको नदेखिएपनि उनको हत्या वा आत्महत्या भन्ने पुष्टि हुनै बाँकी रहेको छ । अन्य पक्षको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लोकदोहोरी गायिका दिलमाया सुनार गत शनिबार आफ्नै कोठमा मृत भेटिएकी थिइन् । प्रहरीले सुनारको हत्या आशंकामा उनका प्रेमी भनिएका खिलबहादुर श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ ।

सुनारले गत शुक्रबार मध्यराति सामाजिक सञ्जाल फेसबूकमा  ‘बाँचेर पनि दिनदिनै मर्नु परेको’  स्टाटस लेखेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित