Khabar Samachar

Search
Close this search box.

सभापतिको राजीनामा माग्दै एमालेले गर्‍यो लेखा समिति बैठक बहिष्कार

268
VIEWS

सभापतिको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लेखा समिति बैठक बहिष्कार गरेको छ ।

बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठकमा एमाले सांसदहरु विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए ।

भट्टराई र बास्कोटाले लेखा समितिको नेतृत्व विपक्षी दलले पाउने परम्परा रहेको भए पनि कांग्रेसले सरकारमा गएको १ वर्षसम्म पनि नेतृत्व नछाडेको भन्दै प्रश्न उठाए । त्यसपछि उनीहरु बैठकमा नबस्ने भन्दै बाहिरिएका छन् ।

एमालेले सभापति फेरिएपछि मात्रै लेखा समितिको काम–कारबाहीमा भाग लिने अडान लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित