Khabar Samachar

एक हप्ता फोहर संकलनमा अबरोध

222
VIEWS

सहरी विकास तथा भवन निर्माण विभागको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजनाले कम्तिमा एक हप्ता फोहोर मैला ढुवानीका सवारी साधनहरु सन्चालन नगरिदिन काठमाडौं महानगरपालिकालाई आग्रह गरेको छ ।

फोहोर मैला ढुवानीका साधनहरुले तीनपिप्ले बञ्चरेडाँडा सडक मर्मत सम्भार गरी स्तरोन्नति गर्ने काम प्रभावित भएको भन्दै सहरी विकास तथा भवन निर्माण विभागले एक हप्तासम्म फोहोर मैला ढुवानीका साधन सन्चालन नगरिदिन आग्रह गरेको हो ।

फोहोर बोकेका गाडी आवतजावत गरिरहने हुँदा सडक निर्माण हुन नसकेकाले गाडी रोक्न आग्रह गरिएको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजनाका निर्देशक रवीन्द्र बोहराले जानकारी दिए ।

यसअघि विभागले असार १७ गते र १९ गते सहजीकरण गरिदिन महानगरपालिकालाई भनेको थियो । सो अनुसार दैनिक रुपमा बिहान ४ बजेदेखि १२ बजेसम्म मात्र फोहोर मैलाको सवारी साधन ढुवानी गर्ने समय समय निर्धारण गरिएको थियो । तर त्यस बमोजिम पनि कार्यान्वयन गर्न नसकिएकाले सडक निर्माण कार्य द्रूत गतिमा सन्चालन गर्न कम्तिमा एक हप्ता ढुवानीका साधन रोक्नु पर्ने आयोजनाको माग छ ।

तीनपिप्ले बञ्चरेडाँडा सडक मर्मत सम्भार गरी स्तरोन्नती गर्ने काम हाल समानान्तर निर्माण सेवा प्रालिले गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित