Khabar Samachar

श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिङ्घे निर्वाचित

207
VIEWS

श्रीलंकाका सांसदहरुले रनिल विक्रमासिङ्घेलाई राष्ट्रपतिमा निर्वाचित गरेका छन् । रनिल विक्रमासिङ्घेले १३४ मत पाएका छन् भने प्रतिद्वन्द्वी दलास अलापेरुमाले ८२ मत पाएका छन् ।

कुल २२३ सांसदले मतदान गरेका छन् भने २ सांसद मतदानमा अनुपस्थित रहे । २२३ मतमध्ये २१९ मत वैध मानिएको छ भने चार मत बदर भएको छ ।

राष्ट्रपति निर्वाचनमा विजयी भएपछि संसदलाई सम्बोधन गर्दै रनिल विक्रमासिङ्घेले सबै दललाई मिलेर काम गर्न अपिल गर्दै श्रीलंकालाई यो संकटबाट बाहिर निकाल्न आग्रह गरेका छन् ।

यसैबीच उनले बिहीबार सबै दलसँग बसेर वार्ता गर्ने बताए ।

गोटाबाया राजापाक्षेले श्रीलंकाबाट भागेर राजीनामा दिएपछि रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाइएको थियो ।

रनिल विक्रमासिङ्घेको कार्यकाल नोभेम्बर २०२४ मा समाप्त हुनेछ । उनले गोटाबाया राजपाक्षेको बाँकी कार्यकाल पूरा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित