Khabar Samachar

सार्बजनिक स्थानमा मास्क अनिवार्य लगाउनू : स्वास्थ्य मन्त्रालय

203
VIEWS

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले भिडभाड हुने स्थानमा जाँदा अनिवार्य मास्क लगाउन आग्रह गरेका छन्।

मन्त्रालयका तर्फबाट सूचना निकालेर अधिकारीले विमानस्थल, हवाई, सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेका हुन्।

यस्तै गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने प्रकृतिका स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ।

खोप नलगाएकाहरूले लगाउन पनि उनले आग्रह गरेका छन्। कसैलाई कोरोना लागे अस्पतालमा गई उपचार गराउन पनि मन्त्रालयले आग्रह गरेको छ।

नेपालमा बिहीबार चार सय ३५ जनामा कोरोना देखिएको थियो। तीन हजार ५६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका थिए।

अहिले देशभर दुई हजार ५३७ जना कोरोनाका सक्रिय संक्रमित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित