Khabar Samachar

स्पेन, रुस र डेनमार्कमा राजदूत नियुक्त

236
VIEWS

राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छिन् ।

मन्त्रिपरिषद्को सिफारिसमा डा. शर्मिला पराजुली (ढकाल) लाई स्पेन, मिलनराज तुलाधारलाई रूसी महासंघ र प्रा. डा. रामस्वार्थ रायलाई डेनमार्कका लागि राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यस्तै गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई भुटानको गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित