ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिएको छ । बा.३ ख ४४४० नम्बरको बसले बा.२ ज ६०१ नम्बरको ट्याक्सीलाई किचेको प्रहरीले जनाएको छ । बसले किच्दा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएका छन् ।
आकाशे पुल नजिकै दुर्घटना गराउने बस ५० वर्षीय नकलबहादुर महर्जनले चलाएका थिए । बसमा यात्रु थिएनन् । घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ ।
बस पल्टिएपछि एउटा मोटरसाइकल पनि लडेको प्रहरीले जनाएको छ।
बा ५९ प १५७७ नम्बरको मोटरसाइकल पल्टिएको हो। बस अनियन्त्रित भएर ग्वार्कोबाट आउँदै गरेको माछा बोकेको डिआइ गाडीलाई ठक्कर दिएर ट्याक्सीमाथि पल्टिएको प्रहरीले जनाएको छ।
अहिले एक जना यात्रुसहित तीन जना घाइते छन्। उनीहरूको बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ।
ट्याक्सी चालक हेटौंडाका २७ वर्षीय सन्जोग घिसिङ र मोटरसाइकल चालक भक्तपुर घरका ३८ वर्षीय आशिष श्रेष्ठ छन्।
बस महालक्ष्मी नगरपालिका-५ बस्ने ५० वर्षीय माइकल भन्ने नकलबहादुर महर्जनले चलाएका थिए। घाइतेमध्ये दुई जना डिस्चार्ज भइसकेका छन्।
























Discussion about this post