Khabar Samachar

यतीको विमान पोखरामा आकस्मिक अवतरण

209
VIEWS

पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको एक जहाजको इन्जिनमा खराबीको संकेत देखिएपछि पोखरा नै फर्काइएको छ ।

यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज आज बिहान पोखराबाट काठमाडौं उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो । ती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि थप जोखिम नलिने निर्णय गर्दै पाइलटले जहाज पोखरा अवतरण गराएको जानकारी दिए ।

‘८ बजेर ५४ मिनेटमा जहाज विमानस्थलबाट टेकअफ भएको थियो। टेकअफ हुँदाहुँदै जहाजको इन्जिनमा समस्या देखिएको थियो,’ उनले भने, ‘बायाँ इन्जिनमा समस्या देखिएपछि अन्य जहाज रोकेर उक्त जहाजलाई ६ मिनेटभित्रै सुरक्षित अवतरण गरिएको छ।’

उक्त जहाजमा ४५ जना यात्रु थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित