Khabar Samachar

राप्रपाले १६५ निर्वाचन क्षेत्रमा गर्‍यो विरोध प्रदर्शन

206
VIEWS

राप्रपाले आज देशका सबै १६५  निर्वाचन क्षेत्रमा साना ठूला प्रदर्शन र सभाहरू सम्पन्न गरेको छ । गत असार १ गते विभिन्न २२ सुत्रीय माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्ना मागहरू पूरा गराउन निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।

असार १३ देखि ३१ गतेसम्म पहिलो चरणको संघर्षको कार्यक्रम गरेको राप्रपा अहिले दोश्रो चरणको आन्दोलनमा होमिएको छ । दोश्रो चरणको दोश्रो कार्यक्रमको रुपमा आज देशका सबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कोणसभा गरिएको हो ।

किसानलाई रासायनिक मलको सहज आपूर्ति गरिनुपर्ने, खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि नियन्त्रण हुनुपर्ने, दैनिक उपभोग्य खाद्यवस्तुको अनियन्त्रित महंगीको अनुगमन र नियन्त्रण हुनुपर्ने मागसहित राप्रपाले प्रदर्शन गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

कालोबजारी नियन्त्रण हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्ने, ०४७ पछिका उच्च पदस्थको सम्पत्ति छानबिन हुनुपर्ने, बेरोजगारी समस्या समाधान गरिनुपर्ने, रोजगार सिर्जनाका लागि अल्पकालीन र दीर्घकालीन रणनीति बनाउनुपर्नेलगायत जनजीविकासँग सम्बन्धित मागसहित राप्रपाले केही समयदेखि आन्दोलन गरिरहेको छ।

राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, राष्ट्रप्रमुखको रुपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था, विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचन मै मतदान गर्न पाउनुपर्ने व्यवस्था, प्रदेश र संघको निर्वाचनलाई धाँधलीरहित बनाउन निष्पक्ष चुनावी सरकारको गठन लगायतका विभिन्न २२ बुँदे माग राख्दै राप्रपाले केही समयअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि ज्ञापन पत्र बुझाएको थियो।

राप्रपाले उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेर देशव्यापी आन्दोलन गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित