Khabar Samachar

Search
Close this search box.

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला

239
VIEWS

 

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत फेला परेका छन्। काठमाडौंका प्रहरी प्रमुख भरत बोहराका अनुसार तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चारजना मृत फेला परेका हुन्।

उनका अनुसार आफ्नै घरभित्र बाबु, आमा र छोराछोरी मृत फेला परेका हुन्।

अहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँगै जिल्ला प्रहरी परिसर काठमाडौंको टोली पनि घटनास्थल पुगेको छ।

मृत्युको कारण भने नखुलेको प्रहरीले जानकारी दिएको छ। अहिले प्रारम्भिक जाँचबुझ भइरहेको छ। मृत्यु हो वा हत्या भन्ने विषय खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित