Khabar Samachar

दिनेश पाण्डेको सुसाइड नोट: आफूविरुद्ध घरेलु हिंसा सहन नसकेर आफूसहित परिवारका सदस्यको हत्या गर्न बाध्य

434
VIEWS

काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीको पदमसालमा एकै परिवारका ४ जना मृत फेला परेको घरबाट प्रहरीले सुसाइड नोट फेला परेको छ। प्रहरीका अनुसार मृत फेला परेका ४१ वर्षीय गोरखाको भीमसेन  थापा गाउँपालिका– ६ घर भइ काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डेले लेखेको सुसाइड नोट फेला परेको हो।

आफूले कुवेतमा ११ वर्षसम्म बसेर कमाएको सम्पत्ति श्रीमती र माइतीले कब्जा गरेर आफूलाई सिद्याउन खोजेपछि यति गम्भीर कदम उठाउन बाध्य भएको सुसाइड नोटमा उल्लेख गरेका छन्।

लामो समयदेखि चलेको झगडाको परिणाम ४१ वर्षीय पति दिनेशले पत्नी ३९ वर्षीया सुनितासहित १३ वर्षीया छोरी आशिका र ८ वर्षीया छोरा आशिकको पनि आइतवार राति ज्यान लिएर आत्महत्या गरेका थिए।

महानगरीय प्रहरी परिसर र काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरेको अनुसन्धानका क्रममा दिनेशको घरबाटै १० पेज लामो सुसाइड नोट भेटेको हो।

‘मैले ११ वर्षसम्म कुवेतको तातो घाममा दु:ख गरेर कमाएको सम्पत्ति श्रीमती र उसका माइतीले कब्जा गर्न खोजे’, उनले सुसाइड नोटमा भनेका छन्, ‘मलाई फसाएर मेरो सम्पत्ति हडप्न खोजिरहे। श्रीमती र श्रीमतीका दाजुहरूले मलाई पटक पटक थुनाएर सबै सम्पत्ति लैजान खोजेकाले यो कदम उठाउन बाध्य भएँ।’

दिनेशले आफ्ना दुई कलिला सन्तानको ज्यान लिने निर्णयबारे पनि सुसाइड नोटमा उल्लेख गरेका छन्। उनले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गर्ने भएपछि छोराछोरीलाई एक्लै छाड्न नचाहेको बताएका छन्।

सुसाइड नोटमा दिनेशले १३ वर्षीया छोरी र ८ वर्षीया छोराको भने ‘माया लागेर आफूसँगै लैजान’ हत्या गरेको लेखेका छन्।

उनले यो घटनाको कारकका रुपमा श्रीमतीलाई नै दोष देखाएका छन्। सुसाइड नोटमा दिनेशले श्रीमतीलाई अर्कैसँग सम्बन्धको पनि आशंका गरेका छन्।

पाण्डेले आफूलाई मोबाइल समेत हेर्न नदिएको, लुकीलुकी अर्कैलाई म्यासेज र कल गर्ने गरेकाले आफूलाई सम्हाल्न गाह्रो भएको पनि सुसाइड नोटमा उल्लेख गरेका छन्।

‘मलाई श्रीमतीले मोबाइल पनि छुन र हेर्न दिन्नथी। जति बेला पनि आफैं राख्ने गर्थी। हेर्नै नदिने गरेकाले मलाई शंका लागेको थियो’, उनले भनेका छन्, ‘श्रीमान् भए पनि उसले मेरो केयर गर्दैनथी। छि छि र दुरदुर गर्ने अनि हेप्ने गरेकाले मलाई पीडा भएर यो कदम उठाउन बाध्य भएँ।’

घटनाको प्रारम्भिक अनुसन्धानबाट दिनेशले सुरुमा श्रीमती तथा छोराछोरीको हत्या गरे पछि आत्महत्या गरेको देखिएको प्रहरीको भनाइ छ। मृत्युको यकिन कारण भने पोस्टमार्टमपछि मात्रै खुल्ने प्रहरीको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित